धरान / नेपाल परिवार दल सुनसरीले धरान–१४ का अति विपन्न २० घरपरिवारलाई खाद्यान्न प्रदान गरेको छ ।
प्रतिपरिवार २५ केजीका दरले चामल वितरण गरेको पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सचिव रामबहादुर लिम्बूले जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउन र त्यसबाट सिर्जित समस्याका कारण दैनिक जीविकोपार्जनमा समस्या भएकाहरूलाई चामल प्रदान गरिएको जिल्ला अध्यक्ष पुष्कर थापाले जानकारी दिए ।

कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, पार्टीका जिल्ला सचिव लक्ष्मण कार्कीलगायतको उपस्थितिमा सामग्री प्रदान गरिएको हो । उनीहरूको घर–घरमै पुगेर चामल वितरण गरिएको राहत वितरण कार्यक्रमका संयोजक रविन चाम्लिङले जानकारी दिए ।