ब्लाष्टखबर । सोमबार छापावाल सुन प्रतितोला रु ९१ हजारमा कारोबार भएकोमा मंगलबार ४ सय रुपैयाँले घटेर ९० हजार ६०० कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रति तोला ९० हजार १६० कायम भएको छ भने चाँदी प्रति तोला ९४० मा खरिदबिक्री भइरहेको छ।
लकडाउ यता जेठ २५ गते एक तोला सुनको मूल्यमा १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो।