श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार ९ गते मङ्गलबार, २३ जुन २०२० । आषाढ शुक्लपक्षको द्वितीया तिथि ११ः१५ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पुनर्वशु १४ः०६ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः११ र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक निकायमा उच्च स्थान रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म, कर्म तथा समाज सेवामा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ । मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
काम गर्ने जा“गर र हिम्मत बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । साथीभाइको सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नजिकको व्यक्तिबाट विशेष सहयोग मिल्ला । नयाँ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । रमाइलोमा दिन बित्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विद्या र बुद्धिको विकास हुनेछ । सरकारी निकायबाट विशेष सहयोग मिल्ला । जागिरमा बढुवा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । जटिल ठानिएको काम पनि सजिलै सम्मन्न होला । एउटै कामबाट दोहोरो लाभ मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुनेछन् । साथीभाइको सहयोग प्राप्त हुनेछ । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धार्मिक सभा समारोहमा सरिक भइएला । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला ।