धरान/ यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इण्टरप्राइजेज प्रालिले यामाहा ब्राण्डका मोटरसाइकल तथा स्कुटर खरिदमामा फाइनान्स योजना ल्याएको छ ।
योजनाको नाम ‘असहज परिस्थिति, सहज समाधान’ दिइएको छ । नयाँ गाडी खरिद गर्न चाहने ग्राहकमाथि आर्थिक भार कम गर्न यो योजना ल्याइएको प्रालिले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकले तीन वर्ष अवधिसम्म शून्य प्रतिशत ‘डाउन पेमेण्ट’ मा कम्पनीका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्ने सक्नेछन् । यसका अलावा यामाहाले आफ्ना सबै उत्पादनहरूमा १० हजार रुपैयाँ नगद छुट पनि दिएको छ । अतिरिक्त आर्थिक भारलाई कम गर्न नयाँ योजना ल्याएको कम्पनीका बजार प्रमुख विक्रम पौडेलले जानकारी दिए ।
उनका अनुसार कम्पनीले डिजिटल प्ल्याट फर्मको माध्यमबाट मोटरसाइकल तथा स्कुटर बुकिङ गर्ने व्यवस्था पनि गरेको छ । उनले डब्ल्युडब्ल्युडब्ल्यु डट यामाहा डटकम डट एनपी र कम्पनीको सामाजिक सञ्जाल फेसबुकमा पनि फर्म उपलब्ध रहेको बताए ।