श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार ८ गते सोमबार, २२ जुन २०२० । आषाढ शुक्लपक्षको प्रतिपदा तिथि ११ः५१ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र आद्र्रा १४ः०० बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः११ र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । दिनको उत्तराद्र्धतिर शुभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक निकायमा उच्च स्थान रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दा–मामिलामा तपाईको विजय होला । काम गर्ने जाँगर र हिम्मत बढ्नेछ । शुभसमाचारले मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक सभा सम्मेलनमा सहभागी भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । मन मिल्ने साथीको सहयोग र हौसला प्राप्त भइरहला । मन प्रसन्न रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । दिनको उत्तराद्र्धतिर शुभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा–मामिलामा तपाईको विजय होला । साथीभाइको सहयोग प्राप्त भइरहला । नयाँ कामको शुभारम्भ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य–व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला । रमाइलोमा दिन बित्ला ।