धरान / सुनगाभा टोल विकास समिति धरान–१५ का सदस्य कल्पना सुब्बा र ध्रवज्योतिपथ निवासी सरीता सुब्बा, नरेन्द्र कुमार थेवे र डा. रमेश इजम लिम्बूले १०१ घर परिवारलाई राहत सहयोग गरेका छन् ।
धरान उपमहानगरपालिकाका १५ वडा समिति मार्फत १०१ परिवारलाई प्रति परिवार रु २५०० को दरले रकम वितरण गरिएको छ।
राहत वितरण कार्क्रममा वडा अध्यक्ष इवारम,सुनगाभा टोल विकास समिति सहयोगी दिप नारायण श्रेष्ठ ,ज्ञान कुमारी श्रेष्ठ ,कुमार श्रेष्ठ ,जोष्ना श्रेष्ठ, मालती थेवे, भिम थेवे, नेकपा धरानका ईन्चार्ज चोत्लुङ(फोक्वाहाङ सुब्बा)लगायतको उपस्थिती रहेको थियो ।
हिजो वितरण गरिएको राहतको विषयमा वडा अध्यक्ष इवारामले अहिलेसम्मकै ठूलो राहत प्याकेज भएको बताएका छन् ।