श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार ६ गते शनिबार, २० जुन २०२० । आषाढ कृष्ण चतुर्दशी तिथि ११ः३२ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र रोहिणी १२ः२० बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः१० र सूर्यास्त ७ः०१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभ कार्यको चर्चा चल्नेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा सत्कार गर्नु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अम्दानीका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । यात्रा सफल हुनेछ ।  
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना होला । मिष्ठान्न भोजन मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।                                                    
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । मुद्दा–मामिलामा तपाईको विजय होला । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।
 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक सभा सम्मेलनमा सहभागी भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कृषि तथा खाद्यसम्बन्धी कार्य–व्यवसायमा मन जानेछ । घरपरिवारमा धार्मिक कार्य को आयोजना हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । महिला मित्रको सहयोग मिल्ला । शुभसमाचारले मन प्रसन्न होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  
ठेक्का–पट्टा तथा तत्जन्य व्यवसायमा मन जानेछ । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । लाभदायी यात्रा होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । कार्य सम्पादनमा सहजता मिल्ला । शैक्षिक क्षेत्रमा खासै मन नजाला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । आम्दानीका नया“ स्रोतहरू फेला पर्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।