धरान / इटहरी उपमहानगरले आगामी आर्थिक बर्षको वजेट नीति तथा कार्यक्रमका वारेमा सुझाव संकलन गरेको छ ।
वजेट तथा योजना तर्जुमा समितिले विभिन्न क्षेत्रका ब्यक्तित्वहरु सँग छलफल गरि सुझाव लिएको हो । समितिकी संयोजक उपमेयर लक्ष्मी गौतमका अनुसार विज्ञ सल्लाहकार,नागरिक समाज,आदिवासी जनजाती,पिछडावर्ग,दलित समूदाय,महिला संजालसँग छलफल गरि सुझाव संकलन गरिएको छ ।

यसैगरी एकल महिला,अपांगता भएकाहरु,कलाकार,साहित्यार,पत्रकार,युवा उद्यमीहरुको सुझाव लिइएको छ ।
आगामी आर्थिक बर्षको वजेटमा क्षमता अभिवृद्धि भन्दा पनि उत्पादन र आयआर्जनसँग जोडने खालका कार्यक्रमहरुलाई उपमहानगरले प्राथमिकता दिने भएको छ ।

त्यस्ता के के कार्यक्रम कसरी संचालन गर्न सकिन्छ भन्ने बिषयमा महत्वपूण सुझावहरु प््रााप्त भएको गौतमले वताइन ।
संविधान अनुसार असार१० गते प्रत्येक स्थानीय तहकोबजेट सार्वजनिक गर्न समय सिमा तोकिएको हुन्छ ।