यासोक / पाँचथरको कुम्मायक गाउँपालिकामा आदीवासी जनजाती समुदायका नागरिकलाई निशुल्क जस्तापाता बितरण गरिने भएको छ । नेपाल आदीवासी जनजाती महासंघ समन्वय परिषद गाउँ कार्य समिति यासोकले ३१ घरधुरीलाई जस्तापाता बितरण गर्न लागेको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा बिनियोजित १० लाख रकमबाट महासंघले ३१ घरधुरीलाई निशुल्क जस्तापाता बितरण गर्न लागेको संघका अध्यक्ष दुर्गा बम्जनले बताए ।
गाउँपालिकामा रहेका विपन्न समुदायका आदीवासी जनजातीको पहिचान गरी जस्तापाता बिरतण गर्न लागिएको बम्जनको भनाइ छ । महाँसंघले गाउँपालिकाका ५ वटै वडामा बिपन्न घरधुरी छनोट गरिसकेको छ । जस मध्ये वडा नम्बर १ यासोकमा ८, २ को माङजाबुङमा ७, ३ नम्बर वडाको सेपेनी रानीगाउँमा ५, ४ नम्बर वडाकोे रानीगाउँमा ५ र वडा नम्बर ५ स्याबरुम्बामा ६ गरी ३१ घरधुरीलाई बितरण गर्न लागेको संघले जनाएको छ