ताप्लेजुङ । ताप्लेजुङको विभिन्न क्षेत्रमा छायांकन गरिएको ‘उत्ताउलो तिम्रो जवानी’ गीतको म्यूजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ ।

निर्माण युनिटले युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरेको छ । भिडियोमा खुल्ला युगल डान्स प्रतियोगिताका विजेता तथा सञ्चारकर्मी पदम श्रेष्ठ, विनु तामाङ र रीना गुरुङले अभियन गरेका छन् ।

मेची तारा २०७१ सिजन २ का उपविजेता विशाल लिम्बूको स्वर रहेको गीतलाई रमेश सुनुवारले संगीत भरेका छन् । सेगुना मिडिया हाउस ताप्लेजुङको ब्यानर गीत छायांकन गरिएको हो । गीतको निर्देशन पेम्बा लामाले गरेका छन् ।