• सिंह चाम्लिङ राई

उदयपुर / उदयपुरमा थप चार जनामा कोरोना संक्रमण पष्टि भएको छ । त्रियुगा नगरपालिका–३ को मोतिगडा क्वारेन्टाइनमा बसेका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत जेठ २८ गते नमुना स्वाब संकलन गरी परिक्षणको लागी धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो । प्रतिष्ठानमा परीक्षण गर्दा त्रिनपा–४ का ३६, ४६ र ४८ वर्षीय पुरुष र २८ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

सवै संक्रमितहरु भारतको दिल्लीबाट आएर गत जेठ २२ मोतिगडा क्वारेन्टाइनमा बसेको क्वारेन्टाइन व्यावस्थापक अवोधनारायण चौधरीले बताए ।