धरान । सञ्चारकर्मी दिलबहादुर राईले धरान १३ को किरात राई यायोक्खा प्रारम्भिक कार्य समितिको निर्माणको चरणमा रहेको भवनका लागि आर्थिक सहयोग गरेका छन् ।
पूर्वाञ्चल डिबिआर अनलाइन टिभीका प्रबन्धकसमेत रहेका सञ्चारकर्मी दिलबहादुरले संस्थाको निर्माणाधीन भवनका लागि आज १३ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । संस्थाका कोषाध्यष सुनिता राईलाई नगद प्रदान गरे । सञ्चारकर्मी राईले दिवङ्गत आमाबुबा कृष्णबहादुर र राजकुमारी राईको स्मृतिमा नगद प्रदान गरेको बताए ।
यस्तै वराहक्षेत्रको नहडाकी मिर्गौला पीडित चम्फामाया याम्फूलाई २ हजार र हाल बीपी प्रतिष्ठान धरानमा उपचाररत संखुवासभाकी रीमा तामाङलाई २ हजार रुपैयाँ सहयोग गरेको उनले बताए । किराया प्राकासका सचिव सत्तेकुमार राईले संस्थाको भवनका लागि सञ्चारकर्मीबाट सहयोग प्राप्त गरेकोमा खुसी व्यक्त गरे । गत वर्ष सञ्चारकर्मी राईले एक थान प्रिन्टर सहयोग गरेका थिए । भवनका लागि धरान १३ बासी मदन राईले गौराटोलमा निःशुल्क जग्गा दिने उद्घोष गरेका छन् ।