भद्रपुर / झापामा रहेको मेची अञ्चल अस्पताल भद्रपुरको स्तरोन्नतिको लागि २३ करोड विनियोजन गरेको छ । १ नम्बर प्रदेश सरकारका अर्थमन्त्री इन्द्र बहादुर आङ्गवोले सोमबार आर्थिक वर्ष ०७७ र ७८ को बजेट सार्वजनिक गर्दै अस्पतालको स्तरोन्नतिको लागि उक्त बजेटको व्यवस्था गरेको जनाएका छन् ।
उनले मेची अस्पतालमा थप स्वास्थ्य सुविधाको व्यवस्था गर्न भेन्टिलेटरसहितको उपकरण थप गर्ने मन्त्री आङ्गवोले घोषणा गरेका छन् । प्रदेशका २५ शैयाका अस्पताललाई स्मार्ट अस्पतालको रुपमा अघि बढाइने बजेटमा उल्लेख गरिएको छ । त्यसका लागि १ अर्व १० करोड विनियोजन गरेको घोषणा गरेका थिए ।
यता क्षेत्र नम्बर ३ का साँसद वसन्त कुमार वाँनियाले प्रादेशिक मेची अञ्चल अस्पताल वृद्धिका लागि वजेट विनियोजन गरिएको बताए । आफ्नो क्षेत्र परेकोले विशेष पहलमा झापाका अन्य साँसदको समेत सहमतिका कारण बजेट विनियोजन भएको उनले बताए । विनियोजित बजेटबाट सीटी स्क्यान,हेमोडाइलोसिस,भेन्टिलेटर लगायत गुणस्तर सुधारका लागि काम हुने उनको भनाइ छ ।