• गणेश कुमार ठाकुर

सिरहा / धनुषा जिल्लाको एक स्थानीय तहले कुहिएको चामल राहत दिएको पाइएको छ ।
जनकनन्दनी गाउँपालिका वडा नं.१ (इनर्वा)ले दोश्रो चरणको राहत वितरणमा विपन्न परिवारलाई कुहिएको चामल दिएको उनीहरुले गुनासो गरेकाछन् । लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल कुहिएको पाइएपछि विपन्न परिवारले वडा अध्यक्षलाई राहत फिर्ता गरेको छन् ।

राहतमा प्रति परिवारलाई १० केजी चामल, १ केजी दाल, १ लिटर तेल, १ केजी नुन,१ केजी आलु प्याकिङ गरिएको थियो । वडा कार्यालयले दिएको राहत घर गएर चामल बोरा खोलेर हेर्दा कुहिएर पहेंलो देखिएको स्थानीयहरुले बताए ।

स्थानीय सरकारले राहतका नाममा जनतालाई ठग्ने काम भइरहेको आरोप लगाएका छन् । जनतालाई कुहिएको चामल वितरण गरेर स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।
जनकनन्दनी गाउँपालिका वडा नं.१ वडा अध्यक्ष धमेन्द्र गोईतले भने यो राहत वडा कार्यालयले खरीद नगरेको बताए । उनले नगरपालिका कार्यालयबाट आएको राहत आफूले बितरण गरेको दावी गरेका छन् ।