धरान । आजदेखि सुनसरीका सरकारी कार्यालयहरु खुलेका छन् ।
जिल्ला प्रशासन कार्यालय इनरुवाले हिजो नै एक सूचना जारी गरि दुई सिफ्टमा कार्यालयहरु संचालन गर्न अनुरोध गरेको थियो ।
पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म तोकिएको छ भने दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ । सरकारले देशभरका सरकारी कार्यालयहरुलाई असार १ गतेदेखि खोल्ने निर्णय सँगै सुनसरीले पनि कार्यालयहरु ख्लाउन सूचना जारी गरेको हो ।
बैंक, वित्तीय संस्था, सहकारी, शिक्षण संस्थाका कार्यालयहरु, सबै सरकारी कार्यालयहरु, दुई मिटरको भौतिक दुरी कायम गरि खोल्न प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए ।
कार्यालयमा भीडभाड हुन नदिन टोकन प्रणाली अपनाउन, कार्यालय प्रवेश अघि साबुन पानीले हात धुने, मास्क लगाउने वा स्यानिटाइजर लगाउने व्यवस्थापन मिलाउनसमेत जिप्रकाले अनुरोध गरेको छ । शिक्षण संस्थाका कार्यालयहरु खोल्ने भने पनि विद्यालयहरु संचालनमा भने आउने छैनन् ।