धरान / नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले लकडाउनमा समस्यामा परेका धरानका ९१ मजदुर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
झापा र सुनसरीका दाताहरुसँग समन्वय गरेर संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियाको पहलमा धरान १५ का वडा कार्यालयसँगको समन्वयमा हिजो ९१ परिवारलाई १० केजीको दरले चामल, आदी केजी न्युटेला वितरण गरिएको संगठनका धरान अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।
तीन महिनादेखि सार्वजनि यातायात चलेका छैनन् । यातयात क्षेत्रमा काम गर्ने मजदुर बेरोजगार भई परिवार पाल्न समस्या भए पछि दाताहरुसँग सहकार्य गरेर राहत उपलब्द गराइएको संगठनका केन्द्रीय सदस्य लक्ष्मी बाँनियाले जानकारी दिए ।
वडाको समन्वयमा संगठनले गरेको कामको वडा अध्यक्ष नरेश इवारामले प्रशंसा गरेका छन् । राहत हस्तान्तरण कार्यक्रममा नेकपा धरानका अध्यक्ष नारायण सुवेदी, धरान १५ का वडा सचिव हिरा खत्री, नेकपा कार्यलय सदस्यहरु राजमणी निरौला, पारस काङमाङ, सचिवालय सदस्य राजेन्द्र राई, नेकपा वडा न ८ की सदस्य गगा भूजेललगायतको उपस्थिति रहेको थियो ।
यसै गरि संगठनको कै पहलमा जिल्ला ट्राफिक कार्यालय धरानलाई १० प्याकेट सर्जिकल ग्लोभ वितरण गरिएको छ ।