धरान / धरान युथ एशोसियशन हडकडले कोभिड १९ का कारण दुख पाएकाहरूलाई सहयोग गने १ लाख ६१ हजार ३३८ रूपैया सहयोग पठाएको छ ।

सो रकमलाई धरान १८ का वडाध्ययक्ष नरेन्द्रकुमार राई(प्रविन ) र सदस्य जमुना मोत्तानलाई एशोसियशनका संस्थापक अध्यक्ष अर्जुन लिम्वु,धरान हङकङ मञ्चका पूर्व अध्यक्ष नानीचन्द्र सिङ्गक, धरान फुटवल क्लव हडकडका संयोजक लोकेन्द्र राज थेवेले हस्तान्तरण गरेका थिए ।

धरान १८ का वडा अध्यक्ष राईले वीपी प्रतिष्ठानमा लकडाउनमा समस्यामा परेकाहरुलाई खाना खुवाएका थिए ।