धरान / उपमहानगरपालिका १८ न. वडाका वडा अध्यक्ष ले आफ्ना वडामा भएका वृद्धवृद्धा र शारिरिक अपाङ्गगता ( भिन्न क्षमता )भएकाहरुको घर घरमा पुगेर पौष्टिक खानेकुरा वितरण गरेका छन् ।

उनले सोमबार वडाका एक सय ५७ जना वृद्धवृद्धा र भिन्न क्षमता भएका २२ जनालाई पौष्टिक आहारमा हर्लिक्स, एक केजी अनार र सुगर फ्रि विस्कुट वितरण गरेका हुन् ।

वडाध्यक्ष राई करिव २ लाख वरावरको पौष्टिक आहार वितरण गरेका थिए । लकडाउनका कारण घर वाहिर निस्किन नपाइरहेको वेला उनीहरुको मनोवल वढाउन पनि घरमा नै गएर वितरण गरेको वडाध्यक्ष राईले जानकारी दिए ।

वुधवारदेखि वडाका वालवालिकालाई पनि उनीहरको पौष्टिक आहारको लागि १ लिटर दुध र सर्वोत्तम पिठो वितरण गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष राईले जानकारी दिए । वडाका ३ वर्ष मुनिका ५९ जना वालवालिकालाई एक एक दिन विराएर दुध प्रदान गरिने वडाध्यक्ष राईले जनाए । पौष्टिक आहार वितरण कार्यमा वडा सदस्य जमुना त्रिखत्री मोक्तान, दिलु राई, टंक गुरुङ्ग, जगदिप सुनुवार, स्वस्थ्य स्वंमसेविका, टिएलओ प्रतिनिधिलगायतले सहयोग गरेका छन् ।

पौष्टिक आहार वडाले स्थापना गरेको कोरोना राहत कोषवाट वितरण गरेको हो ।घर मै आएर स्थानीय सरकारले पौष्टिक खानेकुरा वितरण गरे पछि घरमै बसिरहेका वृद्धवृद्धाहरु खुशी बनेका छन् ।
वडा अध्यक्ष राईले कोषवाट नै लकडाउनका कारण समस्यमा परेका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आएका विमारीका कुरुवालाई ६६ दिन विहान बेलुका खान खुवाएका थिए ।