• विवेक मिश्र

लक्ष्मीमार्ग /  मोरङको बेलबारीमा कम्युनिस्ट आन्दोलन र जनयुद्धको इतिहास झल्कने किसिमको संग्रहालय तथा पार्क निर्माण गरिने भएको छ । जनयुद्ध स्मृति प्रष्ठिान नेपालले बनाउन लागेको उक्त सग्राहलयको मगलवार शिल्यान्यास भएको छ ।

संग्रहालय निर्माणका लागि बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले आफ्नो निजी आठ बिघा जग्गा प्रतिस्ठानलाई दान गरेपछि उक्त जग्गामा संग्रहालय निर्माण कार्य सुरु भएको हो । संग्रहालयमा नेपालमा विभिन्न समयमा भएका जनयुद्धसँग सम्बन्धित सामग्रीहरू राखिने जनयुद्ध स्मृति प्रष्ठिान नेपालका अध्यक्ष साबित्रिकुमार काफ्ले बताए । गरिव असायहरुलाई रोजगारी तथा प्राविधिक शिक्षामा समेत अगाडि बढाउने प्रष्ठिानका उपाध्यक्ष समेत रहेका बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । पार्कसहितको पर्यटकीय क्षेत्रको समेत बिकास गरीने उनले बताए ।

संग्रहालयमा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड, कांगे्रसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, पुष्पलाल, मदन भण्डारी तथा विभिन्न समयमा सहिद भएकाहरूको सालिकसमेत राखिने जनयुद्ध प्रतिष्ठान नेपालले जनाएको छ । संग्रहालयसँंगै पार्कसमेत निर्माण गरिने प्रतिस्ठानले जनाएको छ ।