यासोक । पाँचथरको कुम्मायक गाउँपालिका ५ मा बाख्रापालन सम्बन्धी एक दिने अभिमूखीकरण गोष्ठी आज सम्पन्न भएको छ । जिल्ला भेटेनगरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सहयोग तथा निगाले कृषि सहकारी संस्थाको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो ।

कुम्मायक ५ को निगाले कृषि सहकारी संस्थालाई प्रदेश सरकारले बाख्रा बृहत्तर पकेट क्षेत्रको लागि ३० लाख रुपैयाँ अनुदान दिएको थियो । उक्त अनुदान रकमबाट सस्थाका ५० जना सदस्यलाई यो अभियानमा समावेश गर्ने भेटेनरी अस्पतालका प्रमुख डा. इन्द्रनारायण साहले बताए । कार्यालयले ३० लाख रुपैयाँ अनुदान दिएको र कृषकले २५ प्रतिशत गरी ४० लाखको कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ  ।

कार्यक्रममा बाख्राको खोर निर्माण, आहारा, घाँस उत्पादन र बजारको व्यवस्थापनको विषयमा जानकारी गराइएको थियो । आयातित वस्तुलाई निरूत्साहित गर्दै मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बृहत्तर बाख्रापालनको लागि उपयुक्त भएकाले निगाले कृषि सहकारी संस्थालाई छनोट गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अथिति कुम्मायक ५ का वडाध्यक्ष यामबहादुर बोहोराले वडा र गाउ“पालिकाले कृषि र पशुक्षेत्रमा पूर्णरूपमा साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बाख्रा पालन गर्दा आवश्यक प्राविधिक ज्ञान र सीपको लागि गाउ“पालिकाको पशु शाखामार्फत् पूर्णरूपमा सहयोग हुने बताए । सोही क्रममा महेन्द्रबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय कार्य समिति सदस्य चयन गरिएको छ । गठित समितिले बाख्रा पकेट क्षेत्रको लागि काम गर्ने बताइएको छ । कार्यक्रम निगाले कृषि सहकारी संस्थाका अध्यक्ष महेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।