धरान । भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ । कोभिड १९ इण्डिया डट ओआरजीका अनुसार हालसम्म १ लाख ३१ हजार १०३ जना कोरोनाबाट संक्रमित बनेका छन् ।

जसमध्ये ३ हजार ८६५ जनाको ज्यान गइसकेको छ । ५४ हजार २९८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ३०९ जना कोरोना संक्रमित बन्दा १३९ जनाको ज्यान गएको छ । महाराष्ट्रमा ४७ हजारभन्दा बढी कोरोना संक्रमित बनिसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ हजार ६०८ जना नयाँ संक्रमित देखिएका छन् । ६० जनाको ज्यान गएको छ । अहिलेसम्म ४७ हजार १९० जना कोरोनाबाट संक्रमित बनेका छन् । एक हजार ५७७ जना कोरोनाबाट मृत्यु भइसकेको छ । 

दिल्लीमा पनि लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा ५९१ नयाँ संक्रमित देखिएका छन् । कुल संक्रमितको संख्या १३ हजार नाघिसकेको छ । हालसम्म २३१ जनाको मृत्यु भइसकेको छ ।