उर्लाबारी । उर्लाबारी नगरपालिकाले कोरोना भाईरस रोकथामको तथा उपचारको लागि क्वारेनटाईनको क्षमता बृद्धि गर्ने भएको छ ।

नगरपालिकाकाको क्यारेनटाईन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जिल्ला प्रशासन कार्यालय मोरङले छिमेकी राष्ट्र भारतबाट ठूलो संख्यामा नेपालीहरु आउने संभावना भएकोले उनिहरुको व्यवस्थापनको लागि क्वारेनटाईनको क्षमता बृद्धि गर्न दिएको आग्रह अनुसार नगरले आवश्यकता अनुसार क्षमता बढाउने निर्णय गरीएको संयोजक तथा उपप्रमुख लक्ष्मीदेवी भण्डारीले बताएकी छन । नगरपालिकाले राधिका मावि हाटखोलामा २० बेडको क्यारेनटाईन तयारी अवस्थामा राखेकोले सोही बिद्यालयमा क्यारेनटाईनको क्षमता बढाउने निर्णय गरीएको समितिले निर्णय गरेको छ ।

साथै बैठकले संक्रमितको खोजी गर्न पिसीआर परिक्षण संचालनको लागि भि.टि.एम. सहितका कोरोना भाईरस नियन्त्रणका लागि आवश्यक पर्ने स्वस्थ्य सामाग्री खरिद गर्न नगरपालिकालाई अनुरोध गर्न र पहिलो चरणमा सामाग्री खरिद पछि स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी तथा फ्रन्ट लाईनमा रहेर कार्यसंम्पादन गर्ने सवैको परिक्षण गरीने तयारी गरीएको उपप्रमुख भण्डारीले बताएकी छन ।