उर्लाबारी । भारतसंगको खुल्ला सिमानाका कारण कोरोना भाईरस नियन्त्रणमा हुने सक्ने संभावित जोखिमलाई व्यवस्थापनको लागि भारतसंग सिमाना जोडीएका दक्षिणी मोरङका तिन वटा नगरपालिकाले सिमा सुरक्षाको लागि म्यादी प्रहरी राख्ने निर्णय गरेका छन ।
शुक्रबार रतुवामाई नगरपालिकाको समन्वयमा सुनवर्शी नगरपालिकामा भएको बैठकले रतुवामाई, सुनवर्शी रंगेली नगरपालिकाले संयुक्त रुपमा सिमा क्षेत्रमा ६९ जना म्यादी प्रहरी तीन महिनाको लागि नियुक्त गरी खटाउने निर्णय गरीएको रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले बताएका छन ।
बैठकमा कोरोना भाईरस नियन्त्रणका लागि सिमाक्षेत्रमा आवात जावतमा कडाई, भारत सहित अन्य देशबाट आएकालाईको लागि बृहत क्षमताको क्वारेनटाईनको व्यवस्थापन र कोरोना भाईसर नियन्त्रण तथा रोकथामका बिषयमा छलफल भएको ईलाका प्रहरी कार्यालय रंगेलीका ईन्स्पेक्टर लेखनाथ दाहालले बताएका छन ।
बैठकमा तिनवटै नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, उक्त क्षेत्रका नेपाल प्रहरी र शशस्त्र प्रहरी कार्यालयका कार्यालयका प्रमुखहरुको सहभागीता रहेको रतुवामाई नगरपालिका सचिवालयका कर्मचारी प्रदिप पराजुलीले बताएका छन । उक्त क्षेत्रमा ३१ किमी क्षेत्रफल भारत सग जोडिएको छ ।