धरान । वैदेशिक रोजगारीको क्रममा साउदी अरेबियामा कार्यरत एक नेपालीको कोरोना भाइरसको संक्रमणको कारण मृत्यु भएको छ ।

मृतकको परिचय हालसम्म खुलाइएको छैन । साउदीमा ६७४ जना नेपालीलाई कोरोना संक्रमण भएको रियादस्थित नेपाली दूतावासले उल्लेख गरेको छ । कोरोना संक्रमण भएसँगै साउदीमा विभिन्न कारणले ३१ जना नेपालीको मृत्यु भइसकेको छ । दूतावासका अनुसार तीन जनाको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन ।

त्यहाँ कार्यरतमध्ये ११ जना नेपाली महिला कामदारमा पनि कोरोना संक्रमण भएको पुष्टि दूतावासले गरेको छ ।