धरान । कोरोना भाइरसले विश्वलाई आक्रान्त पारिरहेका बेला पाकिस्तान पनि अछुतो रहन सकेको छैन ।

पाकिस्तानमा तीस हजार ९४१ जना कोरोनाबाट संक्रमित बनेका छन् । जोन हप्किन्स विश्वविद्यालयले उल्लेख गरेअनुसार ६६७ जना मृत्यु भइसकेका छन् । पाकिस्तानमा कोरोना संक्रमित हुनेमध्ये ५४ जना पत्रकारहरू पनि रहेका छन् । जसमध्ये दक्षिण पाकिस्तानमा मात्रै ३० जना पत्रकारहरू कोरोनाबाट संक्रमित बनेका छन् ।

५० जना पत्रकार र ४ जना मिडियामा कार्यरत कर्मचारी रहेका छन् । पाकिस्तानको स्वतन्त्र मिडियाले उक्त तथ्याङ्क सार्वजनिक गरेको छ ।