धरान । इलाका प्रहरी कार्यालय धरानले लकडाउन उल्लंघन गरेको भन्दै सोमबार १६६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

इप्रका धरानले १६५ वटा बाइक र स्कुटीलाई नियन्त्रणमा लिएको छ भने एउटा सिटी सफारीलाई पनि नियन्त्रणमा लिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । बाइक र स्कुटीको चाँबी नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

त्यस्तै एउटा सिटी सफारीले यात्रुहरू खोज्दै हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिइएको छ । यी सबै सवारीहरूले जिल्ला प्रशासनबाट कुनै पनि अनुमति नलिएको पाइएपछि नियन्त्रणमा लिइएको हो । धरानमा लकडाउन उल्लंघन दैनिक भइरहेको छ । प्रहरीले दैनिक मानिससहित सवारीलाई नियन्त्रणमा लिँदै आएको छ ।