भण्टावारी  / ठूलो परिमाणको लागुऔषधसहित धरानका दुई युवालाई सुनसरीको भोक्रानसिंहबाट प्रहरीले हिजाे पक्राउ गरेको छ ।

भोक्राहा नरसिंह गाउँपालिका ६ नहरचोकबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले धरानका दुईसहित तनिजनालाई प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपलिका ३ का राजकुमार मण्डल, धरानका ८ का २७ बर्षीय अजय श्रेष्ठ र अर्जुन कार्की रहेको प्रहरीले जनाएका छन् । प्रहरीका अनुसनर मण्डल विक्रेता र धरानका दुई युवा भने खरि गरिरहेको पाइएको छ ।

मण्डलको साथबाट ३८४० क्याप्सुल ट्रोमाडोल र ४ बोतल डाईलक्स डिसी वरामद गरेको छ । १६ हजार ७ सय रुपैया नगद र १ थान मोवायल पनि वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मण्डलको साथबाट प्रदेश १–०२–०४०प ५३२७ नम्वरको मोटरसाईकल बरामद भएको छ । धरानका अजय र अर्जुनको साथबाट ५७ हजार ५ सय १० रुपैया नगद र २ थान मोवाइल पनि वरामद भएको प्रहरीदले जनाएको छ ।
उनीहरु लागुऔषध खरीद गर्न को २२ प ७३५३ नम्बरको मोटरसाईकल लिएर पुगेका थिए ।
आज जिल्ला अदालनतमा म्याद थप गरि कानुनी कारवाही अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरी श्रोतका अनुसार ती मण्डलले धरानका युवाहरुका लागि धरानमा ल्याउदैं आएका थिए । तर लकडाउनले सवारी चलाउन नपाए पछि धरानबाट उनको घरमा लिन जाने गरेको बताइएको छ । भारतीय सिमाना नजिक भएकाले मण्डलले भारतबाट ल्याएर सुनसरी सप्तरी र उदयपुरमा लागऔषध विक्रि गदैं आएको बताइएको छ ।