धरान  / इलाका प्रहरी कार्यालय धरानले आज विहान लकडाउनको बेलामा घरेलु रक्सी बोकेर हिड्ने एक टेम्पोेलाई नियन्त्रणमा लिएको छ ।

बिहान ५।३० बजेको समयमा धरान उप(महानगरपालाक वडा नं ३, पुरानोबजार पुग्दा चिनिया चोकबाट आउदै गरेको को १ ह ७९६० नम्बरको ट्याम्पो चालक गस्ती टोलीलाई देखि सो टेम्पो बाटोमा नै छाडी भागेकोले शंका लागि सो टम्पो चेकजाँच करिव एक सय लिटर घरेलु रक्सी भेटिएको थियो ।

पछाडी सिट नजिक खाली ठाँउमा ठूलो सानो गरी ८ वटा जारमा घरेलु मदिरा बरामद गरिएको इप्रका धरानका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

मदिरा ओसारपसार गर्ने को १ ह ७९६० नम्बरको टेम्पोलाई आबश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय धरान सुनसरीमा पठाईएको छ । चालक भनेर फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । चालक फरार रहेकाले कहाँबाट कता लगिएको भन्ने खुलेको छैन् ।