धरान । भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम क्षेत्रमा भएको ग्यास लिकका कारण ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

बिहीबार बिहानको राति करिब ३ बजेतिर ग्यास लिक हुँदा ८ वर्षीया बालिकासहित ८ जनाको ज्यान गएको थियो । ग्यासकै कारण ७० भन्दा बढी मानिसहरू घाइते बनेका थिए । उनीहरूमध्ये ३ जनाको ज्यान गएको हो । पछिल्लो २४ घण्टामा सोही क्षेत्रमा ग्यास लिक भएको खबर बाहिर आएको छ । करिब रातको ११ बजे भएको ग्यास लिक तत्कालै तैनाथ रहेका सुरक्षाकर्मी तथा विज्ञहरूले ग्यास लिकलाई रोकेका छन् ।

ग्यास लिक भएको आसपासको ५ किलोमिटर क्षेत्र पूरै खाली गरिएको छ । ग्यास लिकलाई पूर्णत नियन्त्रण गर्नका लागि गुजरात क्षेत्रबाट पीटीबीसी केमिकलको टिभ आएका छन् । विशाखापट्टनमको एलजी पोलिमोर उद्योगमा ग्यास लिक भएको थियो । ग्यास लिककै कारण करिब २५० जना मानिसहरू बिरामी परेको खबर भारतीय मिडियाले उल्लेख गरेका छन् ।