भण्टाबारी । कतार च्यारिटी नेपालले प्रदेश १ सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु च्यारिटीले आज बिहीबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री घिमिरेले संकटको समयमा सवैको सहयोग आवस्यक रहेको बताए । उनले संकटको समयमा स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद समेत दिए ।

कतार च्यारिटीले व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई० ३ सय थान, आईआर थर्ममिटर २५ ओटा, मास्क, ग्लोब्स लगायत गरि ५ हजार १ सय २५ थान सामाग्री हस्तान्तरण गरेको परियोजना व्यवस्थापक इर्साद अलिशेखको समेत उपस्थितिमा हस्तान्तरण गरेको हजरत हुसैन जानकारी दिए ।

IMG-20200507-WA0001