धरान । धरान उपमहानगरले धरान–८ को लाङ्घाली सामुदायिक वनमा व्यवस्थापन गरेको सडक मानवहरूलाई धरानको गोर्खा वेल्फेयर ट्रष्ट नेपालको ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

धरान उपमहानगरलाई परियोजनले बुधबार स्वास्थ्य तथा सरसफाइ सामग्री प्रदान गरेको हो । सडक मानवहरूलाई होप धरान लगायत संस्थाले सहयोग पु¥याउँदै आइरहेका छन् । परियोजनाले सर्जिकल मास्क ६ सय वटा, ह्याण्ड वासिङ्ग लिक्विड २ सय थान, रबर ग्लोभ्स १ सय जोडी, सेनिटाइजर २ सय बोटल, २५ जोडी सेफ्टी रबर बुट, त्यस्तै गरी ५ सय लिटर क्षमताको ट्यांकीसहित ३ वटा ह्याण्डवास प्वाइट जडान गरिदिएको छ ।

सडक मानवहरूलाई सहज तरिकाले हात धुन नयाँ प्रविधिको खुट्टाले थिचेर ह्याण्ड वास लिक्विड र पानीको धारा खोलिने सिस्टम रहेको सामाग्री समेत उपलब्ध गराइदिएको वेल्फेयर सेन्टरका सिनियर अफिसर क्याप्टेन पुर्ण प्रसाद लिम्बूले बताए । उनका अनुसार प्लाष्टिक बाल्टिन ३ थान र प्लाष्टिक केस ३ थान पनि लाङ्घाली आवास गृहका लागि मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीलाई हस्तान्तरण गरिएको छ ।

कोरोना भाइरसको नियन्त्रणका निम्ति धरान उपमहानगरपालिकाले गर्दै आइरहेको कार्यमा सहयोग पु¥याउन ट्रष्टको ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रममार्फत् सहयोग गरिएको उनले बताए । परियोजनाका पूर्वाञ्चल क्षेत्रिय प्रमुख बुद्धबहादुर गुरूङलगायतको उपस्थितिमा सामग्री वितरण गरिएको हा ।

AWC News Photo 1