धरान । दुबईको सारजाहको एक बहुतले भवनमा मंगलबार राति भीषण आगलागी भएको छ ।

दुबईको स्थानीय समय ९ः०४ मिनेटमा सुरु भएको आगालागीमा करोडौंको क्षति भए पनि १२ जना मानिसहरू घाइते बनेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगो लाग्न सुरु भएलगत्तै दुबईको विपद् व्यवस्थापन समितिले तत्कालै वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिन थालेको थियो । करिब ३ घण्टापछि ११ः५५ बजे राति नियन्त्रणमा लिइएको खालिज टाइम्सले उल्लेख गरेको छ ।

सारजाहको अलनाडास्थित अबाको टावरमा आगालागी भएको हो । टावरको दशौं तलाबाट आगलागी सुरु भएको थियो । आगो लाग्न सुरु भए लगत्तै आगो नियन्त्रणमा लिनका लागि बारुण यन्त्र तथा प्रहरीहरू परिचालित भएका थिए । जसका कारण तत्कालै आगो नियन्त्रणमा लिएका कारणले ठूलो क्षति हुन नपाएको जनाइएको छ । आगलागीका कारण आगलागीको कारण हालसम्म खुल्न नसेकेको दुबईबाट प्रकाशित हुँदै आएको गल्फ टाइम्सले उल्लेख गरेको छ । आगो लाग्न सुरु भएलगत्तै नजिकै रहेको बहुतले आवसीय भवनबाट मानिसहरूको उद्धार गरिएको थियो ।

UAE_fire_blaze_ebbaco_tower_one