ब्लाष्टखबर । धरान स्थित  वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानले ओपीडीमा आउन नपाएका बिरामीका लागि इन्टरनेटको माध्यमबाट स्वास्थ्य उपचार सेवा सुरू गरेकाे छ । 

इ. लर्निङ/ टेलिमेडिसिन प्रोग्राम अन्तरगत संचालन भईरहेको यो सेवा बिध्यमान कोभिड-१९ को जोखिमयुक्त समयमा बिरामीले घरमा बसेर चिकित्सकहरूसँग प्रत्यक्ष संवाद गरि स्वास्थ्य सेवा, परामर्श लिने गरी टेलिमेडिसिन सेवा सुरू गरिएको प्रतिष्ठानका सह- प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए । 

 वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वेबसाइट http://telemedicine.bpkihs.edu मा बिरामीले आफ्नो व्यक्तिगत विवरण भरेपछि बीरामीले आफुलाई सहज हुने किसिमको संचार सेवा टेलिफोन, स्काईप, भाइबर, ह्वाट्सएपका माध्यमबाट  बिरामीले भरेको फारमका आधारमा सम्बन्धित बिषयका चिकित्सकलाई रेफर गरी  सेवा उपलब्ध गराइने छ । 

बिरामीले प्रतिष्ठानकाे वेबसाइटमा उपलव्ध गराएका बिवरणका आधारमा २४ घण्टा भित्र प्रतिष्ठानको टेलिमेडिसिन सेन्टरबाट चिकित्सकले आफै बिरामीलाई सम्पर्क गर्ने वताइएकाे उक्त सेवा भने प्रदेश १ का लागि मात्र रहकाे प्रतिष्ठानले जनाएकाे छ । 

प्रतिष्रठानले संचालन गरेकाे  टेलिमेडिसिन सेवा चिकित्सक र बिरामीबिचमा भिडियाे, अडियाे संवाद गर्न सकिने हुँदा फोनमा ब्याख्या गर्न नसकिएका कुरा पनि हेर्न सकिनाले बिरामीको विश्वास बढ्ने हुँदा यो झनै प्रभावकारी हुने बताइएकाे छ ।

अस्पताल निर्देशक प्रा. डा. गौरी शंकर साहले अस्पतालमा काेराेना संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पताल नआई नहुने बिरामी बाहेकका लागि पनि यो सेवा निकै लाभदायक हुने बताए । 

उक्त सेवाका लागी बिरामीले कुनै शुल्क तिर्नुपर्ने छैन । 

आफ्नो नाम दर्ताका लागि यहाँ क्लिक गर्नु होस्