मधुमल्ला/कोरना भाइरसको संक्रमण रोकथाम र पहिचानमा सहयोग पु¥याउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिकास्थित साझा हस्पिटल प्रालिले मिक्लाजुङ गाउँपालिको मुख्य प्रवेशस्थल मधुमल्ला बजारमा हेल्प डेस्क राखेको छ ।

मिक्लाजुङ गाउँपालिकाको मुख्य प्रवेशद्वार भएकाले त्यस क्षेत्र भएर हिँडने नागरिकहरूको स्वास्थ्य परीक्षण गर्न हेल्प डेस्क राखिएको हस्पिटलका निर्देशक छत्र डाँगीले बताए । स्थानीय स्तरबाट नागरीकहरूले समेत हेल्प डेस्क राख्न माग गर्दै आएका थिए । बिहीबारबाट सञ्चालनमा आएको हेल्प डेस्कमा पहिलो दिन एकसय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको निर्देशक डाँगीले बताए ।

हेल्प डेस्क प्रत्येक दिन बिहान ९ बजेदेखि ५ बजेसम्म सञ्चालन भइरहेको छ । नागरिकहरूको ज्वरो मापन, साबुन पानीले हात धुने वा सेनीटाइजरले हातको सफाइ गराउने गरिएको छ । हेल्प डेक्सका लागि आवश्यक समन्वय मधुमल्लाका ट्राफिक प्रहरीका सन्तोष पाण्डे र इलाका प्रहरी कार्यालय मधुमल्लाले गरिरहेको छ । हस्पिटलले इलाका प्रहरी कार्यालय मधुमल्लालाई केही थान पीपीइ , एन ९५ माक्स, सेनिटाइजर र सर्जिकल माक्स समेत उपलब्ध गराएको छ ।

madhumalla_help_desk (2)

तस्बिरः सन्ताेष गाैतम