धरान / इटहरी उपमहानगरपालिका भित्रका बालबालिकालाई खोप लगाइने भएको छ । इटहरी अस्पतालका इमेरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरी अस्पतालले लगाउने खोप तालिका अनुसार वडा नम्बर २ को महेन्द्र माविमा बैशाख २१ गते वडा नम्वर २ कै आयुर्वेद औषाधालय हवाई चौंकमा बैशाख २२ गते खोप लगाइने छ । बैशाख २१ गते वडा नम्बर ३ को सामुदायिक स्वास्थ्य क्लिनिक र २२ गते तामागं टोलमा खोप लगाइने छ ।
वडा नम्बर ४ मा बैशाख २३ गते कचना मावि र २४ बैशाखमा वडा नम्बर ५ को ज्योति माविमा खोप लगाइने छ । बैशाख २५ गते वडा नम्बर ६ को इटहरी अस्पतालमै खोप लगाईने छ । बैशाख २१ र २२ गते नै इटहरी ७ को सामुदायिक क्लिनिकमा खोप लगाईने छ । बैशाख २१ र २२ गते नै इटहरी वडा नम्बर ८ को पनि सामुदायिक क्लिनिकबाटै खोप लगाईने छ । वडा नम्बर ९ को इटहरी अस्पतालबाटै बैशाख २६ देखि ३० गतेसम्म बालबालिकाहरुलाइै खोप लगाइने छ
।
बैशाख ३१ गते वडा नम्बर १४ का बालबालिकाहरुलाई सोही वडाको सामुदायिक केन्द्रबाट खोप लगाइने छ ।वडा नम्बर २० मा रहेको हाँसपोसा स्वास्थ्य चौंकीले पनि आफ्नो कार्यक्षेत्र भित्रका वडाहरुको खोप तालिका पनि सार्वजनिक गरेको छ । बैशाख २१ गतेबाट शुरु गरि जेष्ठ १ गतेसम्म बालबालिकाहरुलाई बिषेश खोप लगाउने तालिका सार्वजनिक गरेको छ ।
तालिका अनुसार सेरा चौक इटहरी १९ मा वैशाख २१ गते,१९ नम्वर वडा कार्यालयमा २२ र २३ गते,पिएसी तरहरामा २४ देखि २७ गते सम्म खोप लगाइने छ । यस्तै आपँगाछीमा २८ गते र २९ देखि जेठ १ सम्म हाँसपोसा स्वास्थ्य चौकीमा खोप लगाइने छ । खोप विहान ११ वजेदेखि २ वजे सम्म लगाइने छ । वच्चालाई खोप लगाउन लिएर आउदा एकजना मात्र आउन आग्रह गरिएको छ । खोप केन्द्रमा पनि दुई मिटरको दुरी कायम गरेर वस्नु पर्ने छ । विरामी ज्वरो आएका र सुख्खा खोकी लागेका वच्चाहरुलाई भने खोप लगाउन नल्याउन भनिएको छ ।