एजेन्सी  / अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० लाख ३५ हजार ७६५ पुगेको छ ।

विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको छ । ५९ हजार ५६६ जनाको ज्यान गइसकेको छ । त्यो भनेको भियतनाम युद्धका बेला मृत्यु भएका अमेरिकीहरूको सङ्ख्याभन्दा पनि बढी हो। उक्त युद्धमा यतिका संख्यामा मानिस नमरेको बताइएको छ ।

हालसम्म विश्वभर कुल ३१ लाख ३९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।  कोरोनाभाइरसका कारण हालसम्म २ लाख १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरूले धेरैभन्दा धेरै परीक्षण गरेकाले यो सङ्ख्या देखिएको दावी गदैं आएका छन् ।

उनले विस्तारै सङ्क्रमितको सङ्ख्या शून्यमा झर्ने बताए। ट्रम्पले गत फेब्रुअरीमा पनि अमेरिकामा कोभिड–१९ को सङ्क्रमण शून्य हुने बताएका थिए। यो वाक्य अझै दो¥याइरहेका छन् । त्यसबेला अमेरिकामा कोरोनाभाइरसका १५ वटा मात्र सङ्क्रमण भेटिएका थिए।

दक्षिण कोरियामा निको हुनेको संख्या उच्च

कोरोनाले इटालीमा २७ हजार, स्पेनमा २३ हजार भन्दा बढिको ज्यान गएको छ । दक्षिण कोरियामा सबै भन्दा धेरै निको हुनेको सं)ख्या रहेको छ । विश्वको अनुपातमा दक्षिण कोरियामा १० हजार ७६१ संक्रमित मध्य ८ हजार ९२२ जना निको भएर घर फर्केका छन् । हालसम्म २४६ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क अनुसार कोरियामा १५ सय ९३ जना मात्र संक्रमित छन् ।