धरान  /  एकैदिन तीनजना व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको भेटिएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनामा पोजेटिभ आएको छ ।

नेपालमा  कोरोना संक्रमित
संक्रमित - ५७
निको भएको - १६

एक जना ४३ वर्षे जितपुर सिमरा नगरपालिका, ३१ बर्षे सिम्रौनगढका पुरुष र वीरगञ्ज २ छपकैयाका ४६ वर्षका पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका व्यक्ति भएको बताइएको छ ।

आइतबार वीरगन्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये वीरगञ्ज–१६ का एक जना दिल्लीको धार्मिक सभामा सहभागी भएका थिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ । जसमा १६ जना निको भएर घर फर्केका छन् ।