धरान । प्रदेश २ को वीरगञ्जमा तीन पटकसम्म र्यापिड डाइग्नोष्टिक टेष्ट गर्दा ‘एण्टी बडी’ भेटिएकी एक युवतीको निधन भएको छ ।
वीरगञ्ज महानगरपालिका–१० की २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो । उनी ब्लड क्यानसरले ग्रसित रहेकी थिइन् । उनको चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचाररत थिइन् । उपचारपछि घर फर्किएकी उनको शनिबार बिहान स्वास्थ्यमा अचानक समस्या आएपछि अभिभावकले नेशनल मेडिकल कलेजमा लगेका थिए । त्यहाँबाट एडभान्स हुँदै तराई हस्पिटलमा पु¥याइएको थियो । उनलाई कोरोनाको संक्रमणको आशंका गरेर आरडिटी टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।
पटक–पटक परीक्षण गर्दा ती युवतीको लगातार पोजेटिभ देखिएको थियो । उनको आइतरबार बिहान नारायणी अस्पताल लाने क्रममा मृत्यु भएको हो । युवतीको शव नारायणी अस्पतालमा राखिएको छ भने उनको स्वाबको नमूना लिएर पिसिआरका लागि हेटौंडा प्रयोगशालामा पठाइएको छ ।