धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातभित्र रहेको अस्थायी प्रहरी विटका सईसहित ७ जना प्रहरीलाई होम क्यारेन्टाइनमा राखिएको छ ।
उदयपुरबाट स्वाबका लागि ल्याइएका ८ जना र टाँडीबाट आएका तीनजनासँग प्रत्यक्ष सम्पर्क भएकोले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । टाँडीबाट ल्याइएका ३ जनालाई बैशाख ७ गतेदेखि १० गतेसम्म राखिएको थियो । उदयपुरबाट ल्याइएकाहरुले खान नपाएको र स्वाब लिन धेरै बेर लगाएको भनेर विवाद गर्दा प्रहरीले नियन्त्रणमा लिनु परेको श्रोतले बताएको छ ।
संक्रमितहरुको स्वाव संकलन गर्दा सहभागी चिकित्सक तथा नर्सहरुलाईसमेत निगरानीमा राखिएको छ । उनीहरुलाई आफ्नो घर परिवार भन्दा टाडा राखिएको बताइएको छ ।
टाँडीबाट आएकाहरु प्रतिष्ठानमा चारदिनसम्म राखिएकाले त्यहाँ खट्ने प्रहरीहरुलाई हिजोदेखि क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
चिकित्सकहरुको सल्लाहा अनुसार टीमका सातै जनालाई क्वारेन्टाइनमा राखिएको डिएसपी न्यौपानेले जानकारी दिए । हाल प्रतिष्ठानमा सई बुद्धिमान लिम्बुको नेतृत्वमा ७ जना अर्को नयाँ टिमलाई खटाइएको छ ।