धरान । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई अमेरिकाले फण्ड रोके पनि चीनले हालै डब्ल्युएचओलाई थप ३० मिलियन डलर दान गर्ने भएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्ल्युएचओलाई फण्ड रोक्ने घोषणा गरे पनि चीनले उदारता देखाएको हो । अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको लडाइँलाई जित्नका लागि नै डब्ल्युएचओलाई सहयोग गर्न लागेको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनपुङले अनुदान दिन लागेको बताए ।
उनले यो कुरा ट्वीटमार्फत् जानकारी गराएका हुन् । उनले ट्वीट गर्दै अनुदान विशेष रूपमा विकासशील देशहरूको स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्ने उद्देश्यले प्रदान गरिएको बताए । चीनले मार्च ११ मा डब्ल्युएचओलाई २० मिलियन डलर अनुदान दिइसकेको छ । ३० मिलियन डलर थप गर्न लागेको हो ।