धरान । पिएसजीबाट व्यवसायिक फुटबल खेल्दै आएका ब्राजिलियन फरवर्ड नेयमार जुनियरको आमाले २३ वर्षे युवासँगको प्रेमसम्बन्धलाई तोडेकी छन् ।

नेयमारको ५२ वर्षीया आमा नाडिने गोनक्लाभेसले छोरोभन्दा ६ वर्ष कान्छो युवासँग केही समयअघि विहे गरेकी थिइन् । यो विहेलाई लिएर विश्वभरका मिडियाले समाचार प्रस्तुत गरेका थिए । उनले १० दिनअघि युवासँग सम्बन्ध तोडेको बेलायतको डेली मेलले समाचार उल्लेख गरेको छ । उनीहरू बीच करिब २ साता अघि मात्रै विहे भएको समाचार सार्वजनिक भएको थियो ।

तर, बास्तवमा उनीहरूको प्रेमसम्बन्ध भने गत फेब्रुअरीबाट एक पार्टीका क्रममा भएको बताइन्छ । नाडिनेले २३ वर्षीय टियागो रामोससँग सम्बन्ध बनाएकी थिइन् । रामोस नेयमारका फुटबल फ्यानसमेत रहेका थिए । उनीहरू दुईले एक साथ तस्बिरसमेत खिचाएका थिए । नाडिनेले नै प्रेमसम्बन्ध तोडिएको उद्घोष गरेको खबर आरटी अनलाइनले पनि सार्वजनिक गरेको छ ।

विदेशी सञ्चारमाध्यमले उनीहरूबीचको सम्बन्ध अब नरहेको खुलासा गरेको छ । उनीहरू बीच १० दिन अगावै सम्बन्ध तोडिएको भए पनि समाचार भने भर्खरै सार्वजनिक भएको छ । नाडिनेले सामाजिक सञ्जाल इन्स्टाग्राममामा टियागो रामोससँग सम्बध तोडेको विषयमा उल्लेख गरेकी छन् । सोही इन्स्टाग्राममा फुटबलर नेयमारले कमेन्ट गर्दै आमालाई ‘म खुसी छु आमा, लभ यु’ लेखेका छन् । नाडिनेले सेयर गरेको पोष्टमा लेखिएको छ, ‘म बयान गर्नै सक्दिन, तिमीलाई मैले छाडेँ ।’