ब्लाष्टखबर । अमेरिकामा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेकाे छ । अप्रिल महिना यता दैनिक २५ दखी ३५ हजारकाे विचमा नयाँ संक्रमीत देखिएकाे अमेरिकामा अप्रिल सुरू संगै औसतमा दैनिक दुई हजार मानिसको मृत्यु हुनेगरेकाे देखिएको छ ।

याे समाचार तयार पारून्जेल अमेरिकामा ५० हजार २ सय ४३ जनाले ज्यान गुमाइसकेकाे तथ्यांक विश्व भरकाे काेराेनाकाे तथ्यांक सर्वजनिक गर्दै अाएकाे वल्डमिटर इन्फाेले सार्वजनिक गरेकाे छ । अमेरिकामा अहिले ८ लाख ८६ हजार बढी संक्रमित देखिएकाे उक्त तथ्यांकले जनाएकाे छ । तर, जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म ४९ हजार ९ सय ६३ पुगेको छ । काे तथ्यांकमा कूल संख्या ८ लाख ६९ हजार एक सय ७१ पुगिसकेको छ ।