धरान । कारको ठक्करबाट अष्ट्रेलियाको सिड्नीमा बुधबार एक नेपालीको निधन भएको छ ।
नेपालको म्याग्दी जिल्ला अन्नपूर्ण–१ का गोपाल पुन मगरको मृत्यु भएको हो । उनको मर्निङ वाक (प्रातकालीन हिँडाइ) को समयमा क्रोसियाको एभिन्यूमा कारले ठक्कर दिएको थियो । उनी सिड्नीको एड्मन्सन पार्कमा बस्दै आएका थिए ।
जहाँ नेपालीहरूको बाक्लो बस्ती रहेको छ । अष्ट्रेलियामा पछिल्लो समय नेपाली विद्यार्थीहरूको आकर्षण ह्वात्तै बढेको छ । झण्डै ५५ हजारको हाराहारीमा नेपाली विद्यार्थीहरू विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययनरत छन् । उनी लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका थिए ।