ब्लाष्टखबर । राहतमा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेकाे भन्दै कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् ।
लकडाउनका कारण समस्यामा परेका विपन्नलाई दिइने राहतमा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि मंगलबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मेयर रायलाई जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको कार्यालयले जनाएकाे छ । चैत २८ गते कलैया उपमहागरपालिकाकाे वडा नम्बर २२ , ७ र २० मा वितरण गरिएको चामल, दाल कुहिएको भेटिएको थियो ।