पथरी । लकडाउनकाे मौका छोपी शुक्रबार बैशाख ५ मोरङको पथरीशनिश्चरे–१, स्थीत मन्दिरलाईनमा वन ऐन विपरित तीन वटा सालको रुख कटान भएको छ ।
रुख कटान भएको क्षेत्र धिमाल समुदायले सांस्कृतिक स्थलको रुपमा प्रयोग गर्दै आएको छ । करिव दुई महिना अघि पथरीकै तमु बौद्ध गुम्बामा भएको चार वटा रुख पनि यसैगरी ढालिएको थियो । गुम्बाको घट्ना करिव दुई महिना पछि मात्र वन कर्मचारीले थाहा पाएर बैशाख ८ गते मात्र लगत उठाएको छ ।

यी रुखहरु ढालिएको बारेमा सव डिभिजन वन कार्यालय पथरीका प्रमुखलाई महोमद अलाउदिनलाई अनुसन्धान अधिकृत तोकेको छ । अबैध रुख ढालिएको बारेमा अनुसन्धान सुरु भएकोले गैर कानुनको कार्यमा संलग्न कसैलाई नछाडिने डिभिजन वन कार्यालय मोरङको प्रमुख डीएफओ विशाल घिमिरेले बताए । ऐन, नियम विपरित गर्नु नै अपराध हो । अनुसन्धान अधिकृत तोकेसँगै रुख काट्ने कार्यमा संम्लग्न ब्यक्तिहरुको अनुसन्धान सुरु भएको छ । कानुन बिपरित रुपमा रुख कटानमा संम्लग्न केहीको पहिचान भएको अनुसन्धान अधिकृत महोमद अलाउदिनले जानकारी दिए ।

अपराधिक कार्यमा स्वास्थ्य कर्मचारीको कार प्रयोग
अबैध रुपमा रुख काट्नको लागि पथरी अस्पतालमा कार्यरत स्वस्थ्य कर्मचारी मुरारी आचार्यको बा १९ च ९८१० नम्बरको गाडी प्रयोग भएको खुलेको छ । उनी छैठौ तहको(अहेब) सरकारी अस्पतालका कर्मचारी हुन ।

आचार्यले अबैध रुख काट्नको लागि आफ्नो बा १९ च ९८१० नम्बरको गाडीमा कटान गर्ने मानिस ल्याउने र र्पुयाउने गरेको खुलेको हो । यद्यपि आचार्यले भने गाडी प्रयोग भएको कुरा अस्वीकार गरेका छन् ।

 रुख ढालिएको बारेमा कांग्रेसको ज्ञापन र नेकपाको बिज्ञप्ति
दिउँसै रुख ढालेको बारेमा नेपाली कांग्रेस नगर समितिले सोमबार ८ गते ध्यानाकर्षण गराउदै पथरीशनिश्चरे नगरको प्रमुख दिलिपकुमार राईलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रको तेश्रो नम्बरमा लकडाउनको मौका छोपी १ नम्बर वडा अध्यक्ष बाबुराम एङ्देनको निर्देशनमा रुख ढालेको कुरा उल्लेख छ ।

नेपाली कांग्रेसले पथरी उद्योेग वाणिज्य संघको अध्यक्ष दीपक बस्नेतले विश्वहाङ राइस मिलको मजदुर लक्ष्मी मण्डललाई गरेको दुव्र्यवहार र राहत वितरणमा विभेद गरेको भन्दै ध्यान आकर्षण गराएको हो । ज्ञापन पत्र बुझाउन नगरको कार्यबाहक सभापति इश्वर थापा, सचिव दुर्गा भट्टराईलगायत नगरपालिका पुगेर थिए ।