धरान । लकडाउनको मौका छोपेर वनबाट काठ तस्करी गर्ने तीन व्यक्तिसहित सखुवाको काठ बरामद गरिएको छ ।
सुनसरीको रामधुनी नगरपालिका–६ बहत्तरबिघाको राष्ट्रिय वनको क्षेत्रबाट सखुवा प्रजातिको ९ थान काठसहित तीन युवालाई पक्राउ गरिएको हो । जिल्ला वन कार्यालयका अनुसार १२० क्यूविक फिट काठ बरामद गरिएको हो । अहिलेको बजार मूल्यअनुसार ४ लाख २० हजार रुपैयाँ रहेको छ ।
उनीहरूको साथबाट को २ त ९९९० नम्बरको ट्याक्टरमा लोड गरेर लग्दै गरको अवस्थामा रामधुनी–६ का केशव खड्का, अर्जुन लिम्बू र रोशन राईलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट स १ प ७४९८ नम्बरको होण्डा कम्पनीको साइन मोटरसाइकल र ४ थान मोबाइल फोनसमेत बरामद गरिएको छ । उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीले पक्राउ गरेको गणपति कृष्ण ढकालले जानकारी दिए ।
नियन्त्रणमा लिएको काठसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय इनरुवामा बुझाइएको छ ।