धरान । गाँजासहित मोरङको केराबारी–८ तोरीबारीबाट दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीको गस्ती टोलीले एक केजी ८५० ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । बेलबारीका अनुसार केराबारी गाउँपालिका–१० का १९ वर्षीय प्रमोद मल्लिक र केराबारी–१ का ४१ वर्षीय विष्णु लिम्बूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीका राखेर अनुसन्धान भइरहेको छ ।