धरान । कोरोनाभाइरसविरुद्ध लडिरहेको चीनले यसबीचमा विश्वलाई चकित पार्ने गरीको फुटबल मैदान निर्माण थालेको छ ।

करिब १३ हजार करोडको लगानीमा सबैभन्दा बढी दर्शक क्षमताको रंगशाला बनाइरहेको हो । जसमा दर्शक क्षमता १ लाख रहेको बताइन्छ । अहिलेसम्म स्पेनको बार्सिलोनाको क्याम्प नोऊ सबैभन्दा बढी दर्शक क्षमताको रंगशाला मानिन्छ । जहाँ ९९ हजार ३५४ जना अट्न सक्छन् ।

china_make_football_ground

त्योभन्दा पनि ठूलो मैदान रहेको छ । चीनको ग्वान्झाउमा निर्माण भइरहेको यो रंगशाला २०२२ सम्म तयार हुने जनाइएको छ । गत बिहीबार यो रंगशालाको निर्माण थालिएको छ । ग्वान्झाउको यो मैदानलाई एवरग्राण्ड क्लबकाे गृहमैदानको रूपमा मानिएको छ । रियल स्टेट कम्पनी एवरग्राउण्डले निर्माण गरिरहेको हो । एवरग्राउण्डका अध्यक्ष सिया हुजियानले भने, ‘हाम्रो लक्ष्य यस्तो रंगशाला बनाउने हो, जो दुनियालाई चकित बनाइदियोस्, अर्थात् यसको तुलना सिड्नीको ओपेरा हाउस र दुबईको बुर्ज खलिफासँग होस् ।’

यो रंगशाला कमलको फूलको आकारमा निर्माण भइरहेको छ । यो रंगशालालाई चीनलाई फुटबलको क्षेत्रमा नयाँ पहिचान दिने दाबी गरिन्छ । अध्यक्ष हुजियानले भने, ‘मलाई आशा छ कि २०२३ मा हुने एसियन कपको सुरुवाती सेरेमोनी यही रंगशालामा हुनेछ ।’ हाल एवरग्राउण्ड क्लबको घरेलु मैदान तियान्हे रंगशाला मानिन्छ ।

तर, अबको केही वर्षपछि भने कमलको फूलको आकारको रंगशाला नै घरेलु मैदान मानिने छ । यो रंगशालाको आर्किटेक्ट अमेरिकाका डिजाइनर हसन सइदले गरेका हुन् । यसको क्षेत्रफल ३ लाख वर्गमिटर रहेको छ । जहाँ १६ भिभिआइपी रुम, १५२ वटा निजी रुम, फिफा सदस्य र एथ्लेटिक्सका सदस्यहरूको लागि छुट्टै रुम रहेको छ ।