तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ वसन्तपुर बजारमा मजदुरी गर्ने एक व्यक्ति सोमबार मृत अवस्थामा भेटिएका छन् ।
संखुवासभाको चैनपुर नगरपालिका–१ याङ्सिजुङ घर भएका ३९ वर्षीय पासाङ तेम्बा शेर्पा मृत भेटिएका हुन् । उनी वसन्तपुरस्थित खेल मैदान नजिकैको सडकमा मृत भेटिएको प्रहरीले जनाएको छ । उनी वसन्तपुरमा लामो समयदेखि एक्लै मजदुरी गर्दै आएका थिए । शेर्पाको मृत्युको कारण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।