धनकुटा । टुटेको जिन्दगी फेरि जोडौला भनेर ११ महिनाअघि विवाह गरेर ल्याएको श्रीमतीले आफ्नै ज्यान लिन्छे होला भनेर सोचेका पनि थिएनन धनकुटा छथरजोरपाटी गाउँपालिका वडा नं.४ तेलियाका वर्ष ४७ का इन्द्रवहादुर आङ्गला लिम्बुले ।
तर आईतवार राति लिम्वुलाई आफुले छथरजोरपाटी वडा नं.५ परेवादिनबाट ११ महिना अघि विवाह गरी ल्याएकी वर्ष ३९ कि श्रीमती धनमाया थोक्लेन लिम्बुले उनको सबै सपनाहरु चकनाचुर बनाई दिइन । श्रीमान इन्द्र वहादुरलाई श्रीमती धनमायाले सुङ्गगुर रोप्ने कर्दले शरिर भरी रोपेर हत्या गरेका छन् । उनको शरिरको विभिन्न भागमा चोट लागेको वताइएको छ । इन्द्रवहादुरले आफ्नी जेठी श्रीमतीको तीन वर्ष अघि मृत्यु भए पछि कान्छी श्रीमतीको रुपमा करिव ११ महिना अघि घर भित्र्याएका थिए ।
अहिले उनको पहिले पटिको श्रीमतीको १ छोरा र छोरी रहेका छन् । अब यि दुई बालबालिका अभिभावक विहिन, टुहुरा र वेसाहारा हुने भएका छन् । उनीहरुलाई लालनपालन गर्ने बुबा इन्द्रको ज्यान गएको छ भने कान्छी आमा धनमाया कर्तब्य ज्यान मुद्धमा जेल जाने भएका छन् ।
घट्ना आईतबार राती झण्डै ३ वजेको समयमा घटेको थियो । तर उनीहरु विच के विषयमा एक आपसमा झगडा शुरु भएको हो अहिलेसम्म उनीहरुको छिमेकी कसैले भन्न सकेका छैन । साँझ देखी नै दुवै जना एक आपसमा झगडा गरिरहेको देखेको छिमेकी नाताले मृतक इन्द्र वहादुरकी काकी पर्ने दिलकुमारी लिम्बुलाई उघृत गर्दै गंगावहादुर आङ्गलाले वताए । गंगावहादुरले घट्ना घटेको रातको ३ वजेर ४४ मिनेट जाँदा मात्र थाहा पाएको वताए । तर उनले घट्ना के कसरी भयो थाहा नभएको तर दिलकुमारीले भने झगडा गरेको थाहा पाए पछि सम्झाएर झगडा नगर्नु भनेर आफ्नो घर गएको वताइएको छ । धनमायाले राती तिन वजेको सयमा आफ्नो बोल्दैन के भयो, भयो भन्दै हारगुरहार गर्न दिलकुमारीको घर पुगेको छिमेकी काका गंगावहादुरले बताए । त्यस पछि मात्र घट्ना सार्वजनिक भएको र सवै गाउँलेले थाहा पाएका थिए ।
तर प्रहरीले भने उनीहरु दुवै जना मादब पदार्थ सेवन गरेर मातेको अवस्थामा रहेको र पैसाको विषयमा श्रीमान-श्रीमती विच विवाद भएको र त्यही विवादले श्रीमान इन्द्रको ज्यान लिएको जनाएको छ । मृतक इन्द्रवहादुरले आईतवार सुङ्गगुर वेचेको पैसाको विषयमा श्रीमान-श्रीमती विच झगडा भएको हो कि भन्ने प्रारम्भिक अनुशन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एस्पी सुदर्शन कोईरालाले ब्लाष्ट खवर डटकमलाई जानकारी दिए । हत्यामा संलग्न धनमायालाई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट गएको प्ररहरी टोलीले घरैबाट सोमवार विहान पक्राउ गरेर ल्याएको प्रमुख कोईालाले वताए । प्रहरी सोमबार विहान घट्ना स्थलमा पुग्दा पनि श्रीमती धनमाया मापासे गरेको अवस्थामा भेटिएको उनले वताए । घट्नाको विषयमा थप अनुशन्धान शुरु गरिएको वताईएको छ ।
मृतक इन्द्रबहादुरको लास जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी सोमबार साँझ आफन्तले मुलघाट स्थित् तमोर नदीमा दहासंस्कार गरेका छन् ।